- घिसिङले कृष्णभीरको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै विज्ञबाट विस्तृत अध्ययन गराई सुरक्षित र दिगो सडक संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।
काठमाडौं: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ बाटो खोली दुईतर्फी यातायात सञ्चालनमा आउनु सकारात्मक भएको बताएका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो । सडक बन्द हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत असर परेको थियो ।
घिसिङले कृष्णभीरको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै विज्ञबाट विस्तृत अध्ययन गराई सुरक्षित र दिगो सडक संरचना निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्- 'कृष्णभिर क्षेत्रको भौगोलिक तथा भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानतर्फ पनि तत्कालै काम अघि बढाउन आवश्यक छ। विज्ञबाट विस्तृत भौगर्भिक अध्ययन गराई सुरक्षित र दिगो सडक संरचनाको व्यवस्था गर्नुपर्छ। साथै, सम्भावित जोखिमका बेला वैकल्पिक सडकको पहिचान गरी आवश्यक स्थानमा निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।'
सम्भावित विपद्का बेला प्रयोग गर्न सकिने वैकल्पिक सडकको पहिचान र निर्माणलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । सडक सञ्चालनका लागि खटिएका भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग, नौबिसे–मुग्लिङ सडक आयोजना, निर्माण व्यवसायी, सुरक्षाकर्मी, प्राविधिक, श्रमिक, स्थानीय तह र स्थानीयवासीलाई उनले धन्यवाद दिएका छन् ।
घिसिङले बट्टारदेखि वेत्रावती हुँदै धुन्चे–स्याफ्रुबेँसीसम्मको सडकसमेत छिटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।