सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य छ- सञ्चारमन्त्री तिमिल्सिना

२०८३ असोज ०१ विहिवार
सारांश
  • सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् ।

काठमाण्डौ, ०१ असोज । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन् ।

 

बिहिवार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्ने बताए ।

 

उनले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र दक्ष जनशक्ति विकास गर्दै केन्द्रलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा विज्ञहरूले प्रविधि, सुरक्षा प्रणाली, नक्कली कागजात नियन्त्रण, अन्तर्राष्ट्रिय साझेदारी र बजार विस्तारका सम्भावनाबारे अनुभव साझा गरेका थिए ।

 

कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड र डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल भएको थियो । विशेषगरी नक्कली कागजातका कारण राज्य तथा नागरिकलाई पुग्ने क्षति कम गर्न आधुनिक प्रविधि र बहुस्तरीय सुरक्षा प्रणाली आवश्यक हुने विषयमा विज्ञहरूले जोड दिएका थिए । 

 

त्यसैगरी, सुरक्षण मुद्रणमा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्ने, नमुना परीक्षण गर्ने र उत्पादनलाई आवश्यक मापदण्डअनुसार प्रमाणीकरण तथा अनुपालन गर्ने विषयमा छलफल भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार