देउवालाई महाधिवेशनमा सहभागी गराउन सबै प्रयास गर्छु- गगन थापा

२०८३ असोज ०१ विहिवार
सारांश
  • नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कुरा हाम्रो लागि गर्वको विषय हुने बताएका छन् ।

काठमाण्डौ, ०१ असोज । नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कुरा हाम्रो लागि गर्वको विषय हुने बताएका छन् ।

 

काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै सबै मिलेर असोज १६ गतेसम्म देउवासहितका नेताहरुलाई महाधिवेशनमा सहभागी गराउन प्रयास गर्ने बताएका छन् । देउवाप्रति आफ्नो सम्मान रहेको र महाधिवेशनमा ल्याउन प्रयास गर्ने बताएका हुन् ।

 

सभापति थापाले यस बिचमा भएका तिता मिठा कुराहरुलाई बिर्सेर अगाडी बढ्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

 

महाधिवेशनको मिति सार्ने विषयमा पनि नेताहरुसँग छलफल भएपनि पार्टीको विधान र संबिधानका प्रावधानले त्यो सम्भव नभएको बताए । उनले अहिले बैठकमा नआएका १४औं महाधिवेशनले निर्वाचित गरेका केन्द्रीय सदस्यहरुलाई पनि महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् । उनले भने- 'मेरो आदरणीय नेता शेरबहादुर देउवालाई विशेष आग्रह छ, अब महाधिवेशनमा सहभागी नहुने कुनै कारण छैन ।'

 

सभापति थापाले पार्टीमा सबैको योगदान बराबर रहेको भन्दै महाधिवेशन सहभागी भएर पार्टीको जारी विवादबाट बाहिर निस्कनुपर्ने बताए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार