प्रधानमन्त्री शाहबाट संसदको चरम अपमान भयो- अर्जुननरसिंह केसी
१४ श्रावण, २०८३, बिहिवार
- बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए ।
उनले भने- '४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टिकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ।'
केसीले प्रधानमन्त्रीको कार्यशैलीलाई आत्मकेन्द्रित र अहंकारी भएको टिप्पणी गर्दै यसले हुकुमी शासनको झल्को दिएको टिप्पणी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
-
‘ग्रीन आर्मी’ विवादमा सरकार र सुरक्षा निकायलाई सर्वोच्चले बोलायो
-
भोटेकोशी बाढी अपडेट: १३ सय ९२ जनाको शव फेला
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।