प्रधानमन्त्री शाहबाट संसदको चरम अपमान भयो- अर्जुननरसिंह केसी

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए ।

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन् ।

 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरण माग गरिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको र यसले संसदको चरम अपमान भएको बताए ।

 

उनले भने- '४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई/तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टिकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ।'

 

केसीले प्रधानमन्त्रीको कार्यशैलीलाई आत्मकेन्द्रित र अहंकारी भएको टिप्पणी गर्दै यसले हुकुमी शासनको झल्को दिएको टिप्पणी गरे ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार