पदमा अर्यालको प्रश्न- सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा आउछ की आउदैन ?

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन या हुदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् ।

काठमाडौँ: नेकपा एमालेले सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ की छैन भन्ने प्रश्न गरेको छ । 

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी नेतृ पदमा अर्यालले सुनसरी घटना दुखद भएको भन्दै सरकारले शान्ति कायम गराउन भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् । 

 

सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन या हुदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् । 

 

उनले प्रधानमन्त्रीले संकटको समयमा अगाडी आएर नेतृत्व लिन नसकेको भन्दै प्रधानमन्त्री पद सिंहदरबारमा सजाउनको लागि नबनाइएको बताइन । 

 

उनले विगतमा पनि यस्ता घटना हुदा तत्कालिन सरकारहरुले समाजमा सद्भाव कायम गर्न सफल भएको उल्लेख गर्दै अहिले सरकारले कुनै किसिमको पहल कदमी नलिएको भन्दै आलोचना गरेकी थिइन् । 

 

सांसद अर्यालले विपद व्यवस्थापन बारे समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार