पदमा अर्यालको प्रश्न- सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा आउछ की आउदैन ?
१४ श्रावण, २०८३, बिहिवार
- सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन या हुदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् ।
काठमाडौँ: नेकपा एमालेले सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ की छैन भन्ने प्रश्न गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी नेतृ पदमा अर्यालले सुनसरी घटना दुखद भएको भन्दै सरकारले शान्ति कायम गराउन भूमिका खेल्न नसकेको आरोप लगाएकी छन् ।
सांसद आर्यालले हिजो काठमाडौँमा गोली चल्दा तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई फौजदारी अभियोग लगाउने सरकारले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री दोषी हुन्छन या हुदैनन्, राजीनामा आउछ की आउदैन भन्ने प्रश्न गरेकी छन् ।
उनले प्रधानमन्त्रीले संकटको समयमा अगाडी आएर नेतृत्व लिन नसकेको भन्दै प्रधानमन्त्री पद सिंहदरबारमा सजाउनको लागि नबनाइएको बताइन ।
उनले विगतमा पनि यस्ता घटना हुदा तत्कालिन सरकारहरुले समाजमा सद्भाव कायम गर्न सफल भएको उल्लेख गर्दै अहिले सरकारले कुनै किसिमको पहल कदमी नलिएको भन्दै आलोचना गरेकी थिइन् ।
सांसद अर्यालले विपद व्यवस्थापन बारे समेत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।