सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह
१४ श्रावण, २०८३, बिहिवार
- उनले हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै नेपालको मौलिक पहिचान र गौरवमा कसैले पनि खलल पुर्याउन नहुने बताएका छन् ।
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् ।
बिहीबार जारी सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको बताएका छन् ।
उनले हरेक समुदायले आफ्नो धर्म, संस्कृति, परम्परा र आस्थालाई सम्मान गर्दै आएको परम्परालाई जोगाइराख्नुपर्ने उल्लेख गर्दै नेपालको मौलिक पहिचान र गौरवमा कसैले पनि खलल पुर्याउन नहुने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिँदा जनजीवन प्रभावित बनेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाल सामाजिक सद्भाव र सामञ्जस्यका लागि परिचित मुलुक भएको उल्लेख गर्दै उनले यस्ता अवाञ्छित घटना र द्वन्द्व मुलुकको मौलिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् ।
सन्देशको अन्त्यमा उनले देशका जुनसुकै भूभागमा बसोबास गर्ने सबै नेपालीलाई एकता, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आग्रह गर्दै अहिलेको आवश्यकता सबै मिलेर अघि बढ्नु नै भएको उल्लेख गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।