- आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ३० अषाढ़ । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
बिहान साढे ८ बजे बस्ने गरि बोलाइएको अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२/८३ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, वीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान/कम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी बारे छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान ९ बजेदेखि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
बिहान साढे ८ बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान ९ बजेका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा,छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन
-
भारतले नेपाललाई थप राहत पठाउने
-
गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने
-
जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता
-
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।