- आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २९ अषाढ़ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आव २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्था बारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यसैगरी, आज दिउसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।
आजै दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धि निरीक्षण र अवलोकन उपसमितिको प्रतिवेदनमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मधेश प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
-
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।