- प्रधानमन्त्री बालेन स्वयम् सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो ।
काठमाण्डौ, २९ अषाढ़ । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतवार छलफल भएको छ । हालका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन, पदाधिकारी, केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री बालेन स्वयम् सभापति लामिछानेलाई भेट्न उनको बुढानिलकण्ठस्थित निवास पुगेका थिए । उनीहरूबीचमा करिब चार घण्टा छलफल भएको थियो ।
गणेश नेपालीहरूको आत्मदाहदेखि सुकुम्बासीहरूको समस्याले सडकदेखि सदनमै सरकारको तीव्र आलोचना र विरोध भइरहेको बेला शिर्ष नेता बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ छ । यस विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेले अहिलेसम्म कुनै सार्बजनिक प्रतिक्रिया दिएका छैनन् ।
भेटमा पार्टी सभापति रवि लामिछानेले सुकुम्बासी समस्याको तत्काल समाधान गर्न र गणेश नेपालीको घटना बारे तत्काल कदम चाल्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ ।
जवाफमा प्रधानमन्त्री शाहले सरकारले यी समस्याको समाधान गर्न काम गरिरहेको र छिट्टै नतिजा आउने बताएका थिए । त्यस्तै, उनले संसद मार्फत सरकारका कामको जानकारी गराउने र सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेका थिए ।
साथै भेटमा पार्टीका पदाधिकारी मनोनयन गर्ने विषयमा पनि छलफल भएको थियो । विधानमा वरिष्ठ नेता त प्रधानमन्त्री बालेनका लागि राखिएको हो । तर, विधानमा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था राखिएपछि आन्तरिक रुपमा विवाद बढेको छ । विधानमा सम्पूर्ण अधिकार सभापतिका केन्द्रित गरिएको, जसमा संसदीय दलको नेतासम्मलाई पदाधिकारीले फिर्ता बोलाउन सक्ने व्यवस्था राखिएपछि बालेन पक्ष असन्तुष्ट बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
-
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
-
चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !
-
नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर काठमाडौँ फर्कियो प्रधानमन्त्रीसहितको टोली
-
भोटेकोशी बाढी: नेपालसहित ३३ देशका ६४४ पर्यटक अझै बेपत्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।