- आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २४ अषाढ़ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
आज बिहान ९ बजे कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या र सम्बर्धनमा आयोगको भूमिका विषयमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुदैछ । त्यस्तै समितिको आजको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेसको कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान ८ बजेदेखि बस्ने पूर्वाधार विकास समितिको बैठकमा मुलुकभरको खानेपानी व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, आज बिहान साढे ८ बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्री र सचिव, सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कार्यकारी निर्देशक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र विषय विज्ञ डा. गोपाल चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा क्षेत्रको परियोजना कार्यान्वयनका जटिलता पहिचान गर्न उच्चस्तरीय समिति गठन
-
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
-
काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता
-
रामेछापमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु
-
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।