मतदान शुरु हुन अझै २-३ घण्टा लाग्छ- महामन्त्री बुर्लाकोटी
१० आषाढ़, २०८३, बुधवार
- रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मतदान अबको करिब तीन घण्टामा मतदान हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीले निर्वाचन आयोगले उम्मेदवारको नाम इन्ट्री गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनले भने - आयोगले उम्मेदवारीमाथि आएको दाबि विरोध हेरिरहेको छ र उम्मेदवारको फोटोसहितको नामावली इन्ट्रीको काम भइरहेको छ र अबको २ देखि ३ घण्टापछि मतदान शुरु हुन्छ ।'
९९ जना केन्द्रीय सदस्यको मतदानपछि पदाधिकारीको निर्वाचन कार्यतालिका सार्बजनिक हुने बुर्लाकोटीले बताए । मतदानमा ८० वटा ईभीएम मेशिन तयारी अवस्थामा राखिएको बताइएको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।
महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।
९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएपनि आयोगले अहिलेसम्म उम्मेदवारको सूची सार्बजनिक गरेको छैन । मतदान गर्ने प्रतिनिधि करिब चार हजार रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।