- आज प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, ०८ जेठ । आज प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आब २०८३/८४ को बजेटमा समाबेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेश हुने कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवम थुनुवाहरुको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्बजनिक पूर्वाधार निर्माणमा परेको समस्या बारे छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, दिउसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीको विषयमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै दिउसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजना बारे छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी दिउसो साढे २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकज्यूसँग बेरुजु फर्स्यौट सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।