बस्ति खाली गराउने सरकारको कदमप्रति लिङदेनको टिप्पणी- गृहकार्य पुगेन !

१९ बैसाख, २०८३, शनिवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङदेनले विकास जीवनका लागि हुनुपर्ने बताउदै सरकारको गृहकार्य नपुगेको बताएका हुन् ।

काठमाडौँ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अव्यवस्थित बस्ति खालि गर्न सरकारको गृहकार्य नपुगेको टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङदेनले विकास जीवनका लागि हुनुपर्ने बताउदै सरकारको गृहकार्य नपुगेको बताएका हुन् ।

 

उनले सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित नभएको बताउदै मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय भएको उल्लेख गरेका छन् । उनले कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाएको प्रसंग उल्लेख गर्दै विकास जीवनका लागि हुनुपर्ने तर जीवन विकासका लागि नभएको जिकिर गरेका छन् । 

 

साथै लिङदेनले मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण खतरनाक हुन्छ भन्दै इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार