बस्ति खाली गराउने सरकारको कदमप्रति लिङदेनको टिप्पणी- गृहकार्य पुगेन !
१९ बैसाख, २०८३, शनिवार
- सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङदेनले विकास जीवनका लागि हुनुपर्ने बताउदै सरकारको गृहकार्य नपुगेको बताएका हुन् ।
काठमाडौँ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अव्यवस्थित बस्ति खालि गर्न सरकारको गृहकार्य नपुगेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष लिङदेनले विकास जीवनका लागि हुनुपर्ने बताउदै सरकारको गृहकार्य नपुगेको बताएका हुन् ।
उनले सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित नभएको बताउदै मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय भएको उल्लेख गरेका छन् । उनले कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाएको प्रसंग उल्लेख गर्दै विकास जीवनका लागि हुनुपर्ने तर जीवन विकासका लागि नभएको जिकिर गरेका छन् ।
साथै लिङदेनले मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण खतरनाक हुन्छ भन्दै इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।