अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता
१८ बैसाख, २०८३, शुक्रवार
- शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।
शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।
विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।