अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता
१८ बैसाख, २०८३, शुक्रवार
- शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।
शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।
विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।