राजनीतिक नियुक्ति पाउनेले सरकार परिवर्तनसँगै पद छोड्नुपर्छ- गोकुल बास्कोटा

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ ।

काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाउने पदाधिकारीहरूले सरकार परिवर्तनसँगै पद छोड्नुपर्ने बताएका छन् ।

 

उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ ।

 

उनले भनेका छन्- 'पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ, बट, धर्ना, जुलस, आन्दोलन, अदालत धाउने होईन, खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो ।'

 

बास्कोटाले एमाले, कांग्रेस र नेकपालगायत दललाई यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै यस्तो प्रवृत्तिले व्यक्तिको मात्र नभई समग्र समाजको हितमा नपर्ने बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार