राजनीतिक नियुक्ति पाउनेले सरकार परिवर्तनसँगै पद छोड्नुपर्छ- गोकुल बास्कोटा
१८ बैसाख, २०८३, शुक्रवार
- उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ ।
काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाउने पदाधिकारीहरूले सरकार परिवर्तनसँगै पद छोड्नुपर्ने बताएका छन् ।
उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ ।
उनले भनेका छन्- 'पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ, बट, धर्ना, जुलस, आन्दोलन, अदालत धाउने होईन, खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो ।'
बास्कोटाले एमाले, कांग्रेस र नेकपालगायत दललाई यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै यस्तो प्रवृत्तिले व्यक्तिको मात्र नभई समग्र समाजको हितमा नपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
-
चिलिमे सुरुङमा उद्धारको काम तीव्र, आजै गन्तव्यमा पुग्ने लक्ष्य
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।