गगन थापा भन्छन्– सुकुम्वासीलाई सरकारले युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • नेपाल ट्रेड युनियनको कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाइएकोप्रति आपत्ति जनाए। थापाले नदिकिनारमा बसेका सबै सुकुम्वासी नभएको उल्लेख गर्दै घरजग्गा भएर पनि ढाँटछल गर्नेहरूलाई कानुनअनुसार पहिचान गरी कारबाही गर्नुपर्ने बताए।

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

 

नेपाल ट्रेड युनियनको कार्यक्रममा बोल्दै उनले वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर चलाइएकोप्रति आपत्ति जनाए।

 

थापाले नदिकिनारमा बसेका सबै सुकुम्वासी नभएको उल्लेख गर्दै घरजग्गा भएर पनि ढाँटछल गर्नेहरूलाई कानुनअनुसार पहिचान गरी कारबाही गर्नुपर्ने बताए।

 

 उनले सरकारलाई कानुनको परिधिभित्र रहेर सुकुम्वासी व्यवस्थापन गर्न आग्रह गरे।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार