सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
१६ बैसाख, २०८३, बुधवार
- अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति छानबिन आयोग र आयोगको अध्यक्षसमेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
काठमाडौं: सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग गठनविरुद्धको रिटमा अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति छानबिन आयोग र आयोगको अध्यक्षसमेतको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
रिटमा निवेदक सिलवालले आयोग गठनले संवैधानिक सर्वोच्चता र विधिको शासनको मर्म र भावना प्रतिकूल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकार हनन भएको दाबी गर्दै रिटदायर गरेका थिए ।
सरकारले बैशाख २ मा सर्वोच्चका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको सम्पत्ति छानबिन आयोग गठन गरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।