निर्वाचन प्रहरीको गरियो बिदाई

२०८२ फागुन २८ विहीवार
सारांश
  • निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि ७७ जिल्ला बाटै बिदाई गरिएको छ ।

काठमाडौँ: प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै आज निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाई गरिएको छ ।

 

निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि ७७ जिल्ला बाटै बिदाई गरिएको छ ।

 

यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

 

निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रूपैयाँ तलब दिइएको छ भने उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् ।  निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च पाएका छन् भने पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको छ ।

 

निर्वाचन प्रहरी राख्दा उनीहरूलाई दिइने तलब र अन्यमा गरी सात अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार