बीबीसी डकुमेन्ट्रीप्रति शंकर पोखरेलको टिप्पणी- सार्वभौम राष्ट्रको राजनीतिक प्रक्रियामा प्रभाव पार्ने प्रयास अस्वीकार्य छ
२०८२ फाल्गुण १५ शुक्रवार
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको बीबीसीको भदौ २३ र २४ को जेनजी आन्दोलन बारेको डकुमेन्ट्रीप्रति टिप्पणी गरेका छन् ।
काठमाण्डौ, १५ फाल्गुण । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक गरिएको बीबीसीको भदौ २३ र २४ को जेनजी आन्दोलन बारेको डकुमेन्ट्रीप्रति टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त सामग्री सामान्य सञ्चार सामग्री मात्र नभई भूराजनीतिक गतिविधिसँग जोडिएको विषय हुन सक्ने बताएका छन् । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उनले बताएका छन् ।
निर्वाचनजस्तो संवेदनशील समयमा यस्तो सामग्री सार्वजनिक हुनु संयोग मात्र हो वा योजनाबद्ध हस्तक्षेप भन्ने विषय गम्भीर रूपमा विचार गर्नुपर्ने उनको भनाई छ । उनले भनेका छन्- 'नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ।'
उनले लोकतन्त्रको रक्षा नेपाली जनताले स्वयं गर्नुपर्ने, राष्ट्रिय सार्वभौमिकता सबैको साझा जिम्मेवारी भएको तथा सूचना स्वतन्त्र भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।
साथै उनले नेपाललाई भूराजनीतिक दबाब वा प्रचारको माध्यम बन्न नदिन सबै सचेत हुन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह समेत गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।