झापा पुगेर रवि लामिछानेको प्रश्न- पूर्व सभामुखले कुन मुखले भोट माग्दै हुनुहुन्छ ?
२०८२ फाल्गुण १२ मङ्गलवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झापा पुगेर निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन् ।
झापा, १२ फाल्गुण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झापा पुगेर निवर्तमान सभामुख देवराज घिमिरेको कडा आलोचना गरेका छन् ।
झापा- २ मा रास्वपाबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरका लागि मत माग्न झापा पुगेका लामिछानेले पूर्व सभामुखले कुन मुखले भोट माग्दै हुनुहुन्छ भन्दै जनताको आवाज उठाउदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् ।
उनले भने- 'मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनहुन्छ, मलाई थाहा छैन । हामीले संसदमा भिजिट भिसामा नेपालीसँग लाखौं ठगेकालाई कारवाही गर्न भन्यौं, उहाँले माइक काटिदिनुभुयो ।'
लामिछानेले पुर्व सभामुख घिमिरेलाई संसदको भन्दा 'बा' को आदेश ठुलो भएको बताउदै यस पटक जनताले जवाफ दिनुपर्ने बताए ।
साथै लामिछानेले कुनै दलको रबर स्ट्याम्पलाई सभामुख बनाउन आफुले पनि हस्ताक्षार गरेकोमा खेद व्यक्त समेत गरेका थिए ।
आफ्ना छोरा छोरी नभए पनि इन्दिरा राना मागर सबैको आमा भएको भन्दै उनलाई मत दिएर जिताउन आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’