फेरि नागरिकमाथि गोली चल्दैन, सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्छः गगन थापा
२०८२ माघ २४ शनिवार
- उनले आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने बताएका हुन्।
काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने बताएका हुन्।
उनले भने, ‘हामीले मतदातालाई भन्नु पर्छ, एक पटक आँखा चिम्लिएर सोचौँ– फागुन २१ पछि २२ पनि आउँछ। अर्को वर्षको भाद्र २३–२४ पनि आउँछ। अर्को वर्षको भाद्र २३–२४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो कांग्रेसले मात्रै गर्नसक्छ। यो हामीले जिम्मा लिने हो।’
सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचनपछि देश विकासको नयाँ अध्याय सुरु गर्नेसमेत बताए। उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेकोसमेत बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’