नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने
२०८२ माघ १५ बिहीवार
- बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।
रामेछाप: नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।
त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।
पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रणनीति तय गर्दै घरदैलो अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘उम्मेदवारी दर्तापछि काठमाडौंमा पार्टी कार्यकर्तासँग छलफल गरेर चुनावी रणनीति तय गरेका छौँ, अब सोमबारबाट घरदैलो अभियान थाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ ढुङ्गेलले भने ।
पार्टीले चुनावी प्रचारप्रसारलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ । अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीबाट सोमबारदेखि सुरु हुनेछ। औपचारिक चुनावी प्रचार अभियान भने फागुन ४ गतेदेखि लिखु तामाकोशी गाउँपालिकाको नागीबाट सुरु हुने छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । जिल्लमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाले प्रतिस्पर्धा गर्दै छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
-
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
-
सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध
-
रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
-
इनमको मानव अधिकार आयोगमा निवेदन- चोलेन्द्र र गगनविरुद्ध आँखामा पट्टी बाँधी बयान दिन लगाइयो (निवदेनको पूर्ण पाठ)
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।