टिकट वितरणप्रति योगेश भट्टराईको असन्तुष्टि, ओलीलाई निर्णय सच्याउन आग्रह
२०८२ माघ ०५ सोमवार
- उनले अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशाल छाती’ बनाएर केही क्षेत्रको टिकट हेरफेर गर्न आग्रह गरेका हुन्।
काठमाडौँ: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको टिकट वितरणलाई लिएर सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशाल छाती’ बनाएर केही क्षेत्रको टिकट हेरफेर गर्न आग्रह गरेका हुन्।
भट्टराईले महाधिवेशनमा आफूलाई सहयोग गरे/नगरेको भन्दा पनि पार्टीको हित र स्थानीय कार्यकर्ताको भावना बुझेर टिकट वितरणलाई न्यायोचित बनाउन सुझाव दिए। कतिपय ठाउँमा अन्याय भएको गुनासो आएको उल्लेख गर्दै उनले भएका कमजोरी सच्याउन अध्यक्ष ओलीलाई अपिल गरे।
उनले भने, ‘देशका ७–८ वटा निर्वाचन क्षेत्रमा पार्टी कमजोर हुने आशंका देखिएको छ। तपाईँ पार्टीको सम्मानित नेता हो, त्यसैले विशाल छाती बनाउनुस्। अहिले एमालेको जित नै हाम्रो मुख्य मिसन हुनुपर्छ।’ ओलीले आफूसँग फरक मत राख्ने नेताहरूको टिकट खोसेको सन्दर्भमा भट्टराईले आफूलाई व्यक्तिगत रुपमा केही नचाहिएको तर कमजोरी सच्याउनुपर्ने बताए।
उनले कार्यकर्ताहरूलाई टिकटको असन्तुष्टि छाडेर पार्टी जिताउन आह्वानसमेत गरे। भोलि ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा हुने मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आग्रह गर्दै भट्टराईले आफू ताप्लेजुङमा रहने जानकारी दिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।