कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन ः पूर्व उपसभापति श्रेष्ठ
२०८२ पुष २७ गते आइतवार
- अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताए ।
अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘ देश नै रहेन भने कोसँग शासन गर्ने ? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन् । अहिले पुस्ता बद्लिएको छ । जनताको अपेक्षा बद्लेको छ । त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ । अब नयाँ युवाहरुलाई अगाडि सार्नुपर्छ । नयाँ युवा र युवतीहरुलाई यो देशको हरेक ठाउँमा ल्यानुपर्छ । उहाँहरुलाई उठाएर जिताउनुपनि पर्छ ।’
त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे ।
‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन् । आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ । स्थिति अत्यन्तै जटिल छ । भदौं २३ र २४ गतेको घट्नाले के देखाएको छ ? अब गुटको कुरा नगरौं पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ’उनले भने ।
त्यस्तै उनले नेपाली कांग्रेस पार्टी कमजोर भयो भने देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार भएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।