खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दु: ख व्यक्त
२०८२ पुष १५ मङ्गलवार
- खालिदा जियाको ८० वर्षको उमेरमा निधन मंगलबार बिहान उपचारको क्रममा निधन भएको थियो ।
काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति दुख व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले नेपाल सरकार र जनताको तर्फबाट खालिदा जियाको परिवार र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले खालिदा जियाले जीवनभर सार्वजनिक सेवाको विरासत छोडेर गएको उल्लेख गर्दै उनको स्थायी नेतृत्वले बंगलादेशको लोकतान्त्रिक यात्रामा ऐतिहासिक अध्यायको रूपमा स्थापित गरेको बताएकी छन् । उनले नेपालकी एक सच्चा मित्रको रूपमा, उनलाई नेपाल-बंगलादेश सम्बन्धलाई सुदृढ पार्नमा खेलेको महत्वपूर्ण भूमिकाको लागि सम्झिने आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।
खालिदा जियाको ८० वर्षको उमेरमा निधन मंगलबार बिहान उपचारको क्रममा निधन भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’