नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ: उपमहासचिव ज्ञवाली
२०८२ कार्त्तिक ०१ शनिवार
- मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए ।
मकवानपुर, १ कार्त्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए ।
कार्यक्रमलाई विस्तारित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो । सहभागीहरूलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पछिल्लो समय देशमा युवाविरुद्ध भइरहेको हिंसा र दमनबारे गम्भीर टिप्पणी गरे ।
उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन् ।’
ज्ञवालीले देशभित्र देखिएका अशान्ति र असन्तोषका मूलमा विदेशी शक्ति र प्रभावकारी समूहहरूको चलखेल रहेको दाबी गरे । उनले युवा आन्दोलनप्रति सहानुभूति जनाउँदै, एमाले जनताको आवाज दबाउने पक्षमा नरहेको स्पष्ट पारे ।
कार्यक्रममा जनताको बहुदलीय जनवाद जिन्दावाद नारासहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा स्थानीय समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
जिल्ला कमिटीका पदाधिकारीहरूले सहभागीहरूलाई चाडपर्वको अवसरमा शुभकामना दिँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र अभियानमा एकताबद्ध भएर लाग्न आह्वान गरे ।
पार्टीका स्थानीय नेताहरूका अनुसार, यस कार्यक्रममा चाडपर्वको उल्लाससँगै हालको राजनीतिक परिस्थितिबारे एमालेको धारणा स्पष्ट पार्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
जलवायु परिवर्तनको असर: चट्याङ १४० प्रतिशतसम्म वृद्धि हुनसक्ने अध्ययनको निष्कर्ष
-
बाजुरामा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, चार जना घाइते
-
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
-
सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी आबद्ध
-
रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।