माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिनपनि जारी
२०८२ असोज १० शुक्रवार
- बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि विभिन्न टोलीका नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।
यस अघि विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन् । प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका थिए । त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’