- आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन् ।
काठमाडौं : भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो ।
आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन् ।
स्थानीय झलक पाण्डेले मन्दिर नजिक भेटिएको बाघको मुर्तिलाई भित्र राखिएको बताए । अर्का हिमाल मगरले बाटोमै अवरोध हुनेगरी लक गरि छाडिएको स्कुटरलाई सुरक्षित ठाउँमा राखिएको जानकारी दिए ।
ती वस्तु कसले ल्याएको वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको दिवस मगरले जानकारी दिए ।
आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ढुंगा हानाहान, आगजनी, सडक अवरोध र भौतिक क्षतिको घटना भएको थियो ।
नयाँ पुस्ताले राजनीतिक सुधार र सुशासनको मागसहित अघि बढाएको जेनजी आन्दोलनकै बीचमा बबरमहलमा भेटिएका यी वस्तुले आन्दोलनको अव्यवस्थित र अनियन्त्रित पक्षलाई पनि उजागर गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।
उनीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा यसरी छाडिएका वस्तुहरूले झन् असुरक्षा र प्रश्न सिर्जना गरेको छ ।
स्थानीयले भने प्रमाणसहित सम्पर्क गर्नेबित्तिकै सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ ।
यता स्थानीयले भने भेटिएका वस्तुमा बेवास्ता नगरी जसको हो उसैले लिन आउन आग्रह गरेका छन् ।
यसरी आन्दोलनको दिनमा भेटिएको बाघको मुर्ति र स्कुटर अहिले स्थानीयको निगरानीमा सुरक्षित छन्, तर यसको वास्तविक मालिक को हो भन्ने अझै खुल्न सकेको छैन । मुर्ति दुर्गामाता मन्दिरभित्र सुरक्षित राखिएको छ भने स्कुटर मेघा कलेज नजिकै रहेको छ । यो स्कुटी कोही कसैको हो भने प्रमाण देखाएर लैजान आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।