तलब लिए लिनुस् नलिए नलिनुस्, म्यान्डेट अनुसारको काम गर्नुस् !

२०८२ भाद्र ३१ मङ्गलवार
सारांश
  • अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनालले कार्यभार सम्हाल्दै आफुले सेवा सुविधा र सचिवालयका कर्मचारी नलिने बताए । उनले  मन्त्री नियुक्त हुनुअघि नै सेवा सुबिधा नलिने पुर्व शर्त राखेको बताइएको छ ।

काठमाडौँ : प्रधानमन्त्री सुशिला कार्कीले तीन जनालाई मन्त्री नियुक्त गरेपछि उनीहरुले शपथ लिएर कार्यभार समेत सम्हाली सकेका छन् । 

 

अर्थमन्त्रीमा नियुक्त भएका रामेश्वर खनालले कार्यभार सम्हाल्दै आफुले सेवा सुविधा र सचिवालयका कर्मचारी नलिने बताए । उनले  मन्त्री नियुक्त हुनुअघि नै सेवा सुबिधा नलिने पुर्व शर्त राखेको बताइएको छ ।  उनले एक ड्राइभर र एक दुई जना सचिवालयमा कर्मचारी बाहेक नचाहिने बताए । त्यस्तै उर्जामन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पनि आफ्नो तलब भत्ता शहिद परिवारको नाममा बन्ने कोषमा दिने घोषणा गरे ।

 

आम रुपमा नयाँ मन्त्रीका यी घोषणालाई सस्तो लोकप्रियताको लागि गरिएको त होइन भन्दै खबरदारी शुरु भएको छ । काम गरेपछि सरकारले नियम अनुसार लिने सेवा सुबिधा लिनु अन्यथा होइन । तर जेनजी आन्दोलनको जगमा बनेको सरकार र यसका मन्त्रीहरुले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न शुरु गरेकी गरेनन् वा भविष्यमा गर्छन् या गर्दैनन् भन्ने कुरा महत्वपूर्ण हो । अहिले तलब भत्ता लिन्न भन्ने कुरा महत्वपूर्ण होइन यो केबल मिडिया स्पेस लिने र सहानुभूतिका लागि हो भने त्यो झनै नराम्रो हुन जान्छ । 

 

यसै प्रसंगमा संगीतकार तथा गायक काली प्रसाद बास्कोटाले सटिक टिप्पणी गरेका छन् । उनले भनेका छन्- तलब लिए लिनुस्, नलिए नलिनुस्, यो मूल मुद्दा अहिले होइन । सबैलाई मिलाएर लैजाने अनि म्यान्डेट अनुसारको काम गर्नुस् । समय छैन ।'

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार