हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन
२०८२ भाद्र २६ बिहीवार
- सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।
हेटौँडा: नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए ।
सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।
उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए ।
प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’