विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गरिने
२०८२ भाद्र २० शुक्रवार
- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडलले बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन् ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमा प्रणालीलाई व्यवस्थित गर्न राष्ट्रिय विकास समस्या समाधानमा आफ्ना एजेण्डा पेस गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडलले बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि पैरवी गर्न जरुरी रहेको भन्दै विकास समस्या समाधान समितिमा बीमालाई एजेण्डा बनाएर पेस गर्ने बताएका हुन् ।
शुक्रबार बसेको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले भने, ‘बीमा प्रणालीलाई व्यवस्थित गर्नका लागि यसको पैरवी गर्ने, आवश्यक नीतिगत व्यवस्था गर्ने सन्दर्भको बहसलाई हामी सबैले अगाडि बढाउन सक्नुपर्छ । सबैले बीमाको पैसा स्वास्थ्य मन्त्रीको खोजीमा छ झिक्न गाह्रोले नदिएको जस्तो गर्छन् । त्यो कहाँबाट ल्याएर दिने ? अहिले बीमाको नयाँ नेतृत्व आएपछि धेरै ताकेता गरेपछि बल्ल परिक्षणको काम दुर्तगतिमा अगाडि बढेको छ ।’
उनले बीमाको आम्दानी नभए अवस्था नाजुक रहेको भन्दै सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्ने बताए ।
‘बीमाको आम्दानी खर्च अनुसार बढाउने गरी पैरवी गर्न जरुरी छ । यो विषय हामो राष्ट्रिय विकास समस्या समाधानको एजेण्डा हुन्छ त्यहाँ हामी पेस गर्छौ । सबै सरकारी स्वास्थ्य सेवाहरु एकीकृत गर्नुपर्छ । सामाजिक सुरक्षा कोषको स्वास्थ्य तर्फको पैसा बीमा बोर्डमा जानुपर्छ, सञ्जय कोषको स्वास्थ्य तर्फको पैसा बीमा बोर्डमा जानुपर्छ,’ उनले भने ।
मन्त्री पौडेलले २०७४ को ऐनले व्यवस्था ऐन, नियम लागु नभई त्यसलाई प्रतिस्थापन गर्न अर्को नियम ल्याउन खोजेको बताए । उनले तीनै तहका सरकारले स्वास्थ्य सुविधामार्फत गर्ने खर्च बीमा बोर्डबाट जानुपर्ने समेत बताए ।
‘तीनै तहका सरकारले स्वास्थ्य सुविधा अन्र्तगत खर्च गरेको सबै पैसा बीमा बोर्डबाट जाने व्यवस्था गर्नुपर्छ । त्यसलाई व्यवस्थित गर्ने उपायहरु के के हुन सक्छन् त्यसका लागि थर्ड पार्टी अडिट प्रणाली विकास गर्ने हो कि,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।