लिपुलेकमा व्यापारमार्ग खोल्ने निर्णय राष्ट्रहितमा घातक : राप्रपा

२०८२ भाद्र ०६ शुक्रवार
सारांश
  • शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमतिप्रति गम्भीर आपत्ति जनाएकी छन् ।

 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले नेपाल सरकारलाई बेवास्ता गर्दै एकतर्फी रूपमा गरिएको उक्त सहमतिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष–अप्रत्यक्ष असर पार्ने चेतावनी दिइन् ।

 

उनले भनिन्, ‘भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ । नेपालको सार्वभौमिकता र स्वाधीनतामा यस्तो एकतर्फी निर्णय गम्भीर प्रहार हो ।’

 

सांसद नेपालीले लिपुलेक, कालापानी र लिम्पियाँधुरा क्षेत्रहरू नेपालका अभिन्न अंग भएको बताइन् । उनले त्यस्ता विवादित भेगमा नेपालसँग परामर्श नगरी गरिने सहमति अस्वीकार्य हुने बताइन् ।

 

‘नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै भारत र चीनले व्यापारिक सहमति गर्नु केवल असमान व्यवहार मात्र होइन, अन्तर्राष्ट्रिय कानून र कूटनीतिक मर्यादाको समेत उल्लंघन हो,’ उनले भनिन् ।

 

राप्रपाले सरकारसँग उक्त विषयमा स्पष्ट र कडा कूटनीतिक पहल गर्न माग समेत गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार