लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिको संसदमा जोडदार विरोध

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

काठमाडौँ: प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।

 

प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।

 

एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए । उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् । सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार