बढीपहिरोको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री सिंहको छलफल, हाइअलर्टमा बस्न निर्देशन
२०८२ श्रावण २० मङ्गलवार
- शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागका देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका थिए ।
काठमाडौं : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरुलाई आवश्यक शतर्कता अपनाउन निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागका देखिएको मनसुनजन्य जोखिमको जानकारी लिएका थिए ।
बैठकमा उनले अहिले देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहालेमा क्षति हुन नदिन,खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिएका छन् । त्यस्तै, उनले सम्भावित जोखिम रहेको क्षेत्रमा एसएमएस अलर्ट,स्थानीय सञ्चारमाध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए ।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बीनी प्रदेशको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए । भारी वर्षा हुँदा बबइ नदि र राप्ती नदिको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घण्टामा डुबान पर्न सक्ने सम्भावना रहेको बताए । त्यस्तै, मधेस प्रदेशमा देखिएको खडेरीको अवस्थबारेमा पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राखेका थिए । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेसमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाई भएको जानकारी गराएका थिए ।
बैठकमा आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको बारे पनि जानकारी गराइएको छ । यस्तै पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आँकलन गरिएको छ ।
त्यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकले मनसुन्य विपद्लाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी गराए ।
बैठकमा मनसुन सक्रिय हुन थालेको अवस्थामा बाढी पहिरोलगायतका मनसुनजन्य विपद्को जोखिम उच्च भएकाले धनजनको क्षती हुन नदिन कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएर सरोकारवाला निकायलाई शतर्क र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि सहभागी थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।