अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोडौं :मन्त्री दाहाल
२०८२ श्रावण १५ बिहिवार
- मकवानपुरको चित्लाङ् स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगि त्यहाँ भई रहेका अनुसन्धानहरु बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरुको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिए ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विश्वविद्यालय तथा विज्ञहरुले गर्ने अनुसन्धानको परिणामलाई उत्पादकत्व वृद्धीसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
मकवानपुरको चित्लाङ् स्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा पुगि त्यहाँ भई रहेका अनुसन्धानहरु बारे जानकारी लिँदै मन्त्री दाहालले विज्ञहरुको ज्ञान र अनुसन्धानलाई त्यसै नथन्क्याउन सुझाव दिए ।
नेपाली विज्ञ तथा वैज्ञानिकहरुले गहन अध्ययन तथा अनुसन्धान गर्ने गरेको र त्यसको निश्कर्ष तथा परिणामलाई उपयोग हुने वातावरण बनाउन सरकारले ध्यान दिने पनि उनले बताए ।
विश्वविद्यालयले गरि रहेको च्याउ, जुम्लीमार्सी, कोदो, विभिन्न बनस्तपति लगायतमा गरेको अध्ययन् र प्राप्त नतिजाका आधारमा उत्पादकत्व वृद्धी गराई आर्थिक समृद्धीको यात्रा सहज बनाउन सकिने समेत उनको भनाई थियो ।
विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले अहिले सम्म विश्वविद्यालयले खेर जाने कुनै पनि अनुसन्धान नगरेको र गरेका अनुसन्धानका नतिजा किसान तथा उद्यमी सम्म पु¥याउने वातावरण बनाउन आवश्यक रहेको उनको भनाई छ ।
जैवीक तथा अर्गानिक कृषि प्रणाली, वनस्पतिका विविध उपयोग आदि बारे अनुसन्धान भई रहेको भन्दै उनले यसको परिणामबारे आधारभूत तह सम्म जानकारी गराईने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’