यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन

२०८२ असार २४ मंगलवार
सारांश
  • भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरि यातायात सहज बनाउने तर्फ लाग्न समेत उनको निर्देशन छ । अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उनको निर्देशन छ ।

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन्  । 


क्षति भएका स्थानमा तत्काल अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन्  ।


भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरि यातायात सहज बनाउने तर्फ लाग्न समेत उनको निर्देशन छ । अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उनको निर्देशन छ । 


नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरि जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत–साधन परिचालन गर्न उनले निर्देशन दिएका हुन् । 


बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्वद्ध निकायहरुसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले भएका हुन् । 


सो सडक बाहेक अन्य सडकहरु तर्फ समेत ध्यान दिई सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनको निर्देशन छ । 


सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अध्ययन र गर्नु पर्ने कार्यका लागि विभागको टोली परिचालन भई सकेको छ । 


गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट क्षति ग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो । 


बाढी र वर्षाको अवस्था हेरि सडक विभागको जनशक्तिले तत्काल गर्नु पर्ने शुरु गर्दैछ भने अल्पकालिन र दिर्घकालिन रुपमा गर्नु पर्ने कार्यका लागि योजना समेत बनाउने छ । 


सो क्षेत्रमा गर्नु पर्ने संरक्षण मर्मत र पुननिर्माणका लागि विभागको टोलीले अन्य निकायहरुसँग समेत समन्वय गरि रहेको सडक विभागले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार