- आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मन्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राज्यले राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मन्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
सांसद जबराले आफूहरुले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए ।
‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतंक हो । मन्चमा राष्ट्रिय गान बज्दा समेत अश्रु ग्याँसको प्रयोग गरिएको छ । अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन । घटना हामीले गरेको होइन् राज्य आतंकका कारण घटेको हो । दुर्गा प्रसाईंले पनि आतंक मच्चाएका होइनन् जनतालाई राज्यले नै भड्काएको हो । घट्नाको छानबिनको माग गरेका छौँं । सरकार छानबिन गर्न किन डराइ रहको छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’