- आइतबार काठमाडौंमा आयोजित वृत्तचित्र भिडियो ‘जिरी एड्भेन्चर ट्र्याक’ को ग्रान्ड प्रिमियरमा उनले नेपालको विकास गर्ने तरिका नै राम्रो नभएको भन्दै यसलाई गम्भीर भएर हेर्नुपर्ने बताए ।
काठमाडौं : पूर्वमन्त्री पार्वत गुरुङले नेपालमा बजेट माग्ने अनि टेन्डर आब्हान हुने तर काम नहुने खालको विकासको मोडल रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित वृत्तचित्र भिडियो ‘जिरी एड्भेन्चर ट्र्याक’ को ग्रान्ड प्रिमियरमा उनले नेपालको विकास गर्ने तरिका नै राम्रो नभएको भन्दै यसलाई गम्भीर भएर हेर्नुपर्ने बताए ।
उनले भने, ‘बाटो बनाउन सुरुवात गर्न बजेट माग्ने काम हुन्छ । त्यसको टेन्डर आब्हान हुन्छ । तर ठेकेदारले काम गर्दैन् । नेपालको विकास गर्ने तरिका नै गलत छ । उपभोक्ता समिति बनायो त्यसले तलमाथि गर्छ, ठेकेदारले काम गर्दैन्, विकासको मोडल यस्तै यस्तैछ । यस विषयलाई हामीले गम्भीर भएर हेर्नैपर्छ ।’
यस्तै, उनले अब दोलखा जिल्लाको पर्यटन गन्तव्यका रुपमा के के हुनसक्छन् त्यसमा ध्यान दिएर अगाडि बढ्नुपर्ने पनि बताए ।
सोही कार्यक्रममा नेपाली काङग्रेसका नेता अजयबाबु सिवाकोटीले जिरि केवल भौगोलिक दृष्टिले मात्र नभइ सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताएका छन् ।
उनले भने, ‘जिरि दोलखाको गौरव हो । इतिहासले सगरमाथा पदमार्गको प्रवेशद्वार बनाएको यो ठाँउ केवल भौगोलिक दृष्टिले मात्र होइन् सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण छ । जिरि र यस वरिपरिका पर्यटकीय गन्तव्यहरुलाई पनि धार्मिक र सांस्कृतिक पर्यटन क्षेत्रमा जोड्न पर्ने आवश्यक छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’