रास्वपाप्रति गृहमन्त्रीको प्रहार : नक्कली पीडित खडा गर्ने काम बन्द गर्नुहोस
२०८२ जेठ ३० शुक्रवार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए ।
काठमाडौं : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालछाँट गर्ने काम गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरुलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए ।
उनले भने,‘केही पार्टी कार्यालयहरुमा नक्कली पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ ।’
त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालछाँटमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए ।
‘जालछाँट गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरु बन्दैछन् । यसमा तपाईहरु सचेत हुनुहोस् । किनभने तपाइँहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा बैदेशिक रोजगार ऐन बनाएर चारवटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’उनले भने
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’