राप्रपाको संयोजित संगठनद्धारा कुलमान घिसिङको समर्थनमा विरोध प्रदर्शन
२०८१ चैत्र १४ विहिबार
- बिहिबार माईतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं : राप्रपाका सम्पुर्ण संयोजित संगठनले कुलमान घिसिङलाई हटाईएको विरोध प्रदर्शन गरेका छन् ।
बिहिबार माईतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताएकी छन् ।
उनले राम्रो काम गर्नेहरुलाई अपमान गर्ने, राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाएको भन्दै यसरी सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको बताईन् ।
उनले भनिन्, ‘कुलमानजीको कुरामा यो सरकारले एकदमै अन्याय गरेको हो । राम्रो काम गर्नेहरुलाई अपमान गर्ने, आफू पनि राम्रो काम नगर्ने राम्रो काम गरेको देख्न पनि नसक्ने जस्तो परिपाटी अहिलेको सरकारले देखाउनु भएको छ । कुलमानलाई हटाउनु वा बालेनलाई असहयोग गर्नु यो सबै एउटै खालका कुराहरु हुन् । सरकारले आफ्नो चरित्र र नैतिकता देखाई रहेको छ । जुन अत्यन्तै गलत छ । कुलमानको विषयमा यो राज्य प्रतिगमन तर्फ लागेको अनुभूती भएको छ ।’
यस्तै, उनले लोडसेडिङ्बाट देशलाई मुक्त गर्ने कुलमानलाई सम्मान गर्नुपर्ने ठाँउमा कार्यकालको तीन महिनामात्र बाँकी हुदा यसरी हटाउनु उर्जा मन्त्री दिपक खड्का, प्रधानमन्त्री, प्रचण्ड र देउवाप्रति जति निन्दा गरेपनि कम हुने बताईन् ।
यसको साथै प्रदर्शनमा नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए भने भ्रष्ट सरकार खारेज गरौं, अवस्था बदल्न व्यवस्था बदलौं भनेर लेखको प्ले कार्ड बोकेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।