प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’

२०८१ चैत्र १३ बुधवार
सारांश
  • उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्र विरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको बताए ।

काठमाडौं: समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ । 


बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने बताए ।


उनले भने,‘आज सदनमा संघर्ष त चल्यो, सदन अवरुद्ध भएको छ । समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेशको र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने छ र राखिने छ भन्ने जानकारी दिनु भएको छ ।’


यसको साथै, उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्र विरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार