बीमाका लागि ०८२ सालमा ४० अर्ब विनियोजन गर्न मुस्किल छ : मन्त्री पौडेल
२०८१ चैत्र ३ आईतवार
- बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए ।
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बीमाको स्वरुपको विकल्प खोज्न आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित स्वास्थ्य बीमा प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रममा उनले बीमाको निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको र यही स्वरुपको बीमा व्यवस्थित गर्न ०८२ सालमा ४० अर्ब हुने देखिएको भन्दै उनले सरकारको क्षमताभन्दा बाहिर रहेकोले बीमाको स्वरुपको विकल्प आवश्यक रहेको बताए ।
उनले भने,‘कसको दोष हो म त्यतातिर जान चाहन्न । समस्या के छ भने बीमाका निम्ति अहिलेसम्म सरकारबाट साढे सात अर्ब रुपैयाँ बिनियोजन भएको स्थिति छ । बीमाको अनुमानित खर्च ०८२ मा करिब ४० अर्ब हुने देखिन्छ । आगामी कार्यक्रममा सरकारले ४० अर्ब बिनियोजन गर्यो भने मात्रै यही स्वरुपको बीमा व्यवस्थित हुन सक्छ । ४० अर्ब बिनियोजन गर्ने र त्यसपछि आवश्यकता अनुसार बढाउँदै गए राज्यको क्षमता अनुसार सम्भव हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले बीमाको होईन यसको स्वरुपमा विकल्पलाई अगाडि ल्याएका हौं ।’
उनले बीमा अहिले जीवनको अभिन्न अंग बनेकाले यसको विकल्प नभई थप व्यवस्थित गर्न खोजिएको बताए । आम नागरिकलाई बढि भन्दा बढि कसरी बीमाबाट सेवा उपलब्ध गराउन सकिन्छ भन्नेबारे आफूहरु लागेको उनको भनाई छ ।
उनले भने,‘बीमा अहिले हाम्रो जीवनको अभिन्न अंग बनेको छ । यसको विकल्प खोजेको होइन ।
यसलाई व्यवस्थित गर्न खोजेको हो । यसलाई निरन्तरता दिन खोजेको हो । यसबाट आम नागरिकलाई बढि भन्दा बढि कसरी सेवा उपलब्ध गराउन सकिन्छ त्यसबारे काम गर्न खोजेको हो ।’
स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन भन्ने विषयहरुमा समाधान खोज्ने पनि उनले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।