माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना

२०८१ चैत्र १ शुक्रवार
सारांश
  • मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका शिक्षकहरूले शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका हुन् ।


काठमाडौं :नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रीय कार्यालय, पेरिस डाडामा धर्ना दिएको छ । 


मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा, बुधबार एमाले कार्यालयमा धर्ना दिएका शिक्षकहरूले शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका हुन् । 


दोस्रो चरणको आन्दोलन अन्तर्गत उनीहरूले चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । 


विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने आफूहरुको माग रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।


उनले भने, ‘विगतमा पटक पटक आन्दोलन भएर सहमति भएका छन् । ति सहमतिहरुलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्छ भनेर दबाब निर्माण गर्नका आन्दोलनमा छौं ।’


शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, बालविकास कार्यक्रम, विशेष शिक्षा र सरकारी तथा निजी विद्यालयबीचको भेदभाव हटाउनुपर्ने मागसहित महासंघ दोस्रो चरणको आन्दोलनमा छ । 


महासंघले पहिलो चरणको आन्दोलनपछि पनि ठोस पहल नभएको भन्दै अब संघर्षलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ । 


पार्टी कार्यालयहरूमा धर्नाको कार्यक्रमपछि सांसदहरूसँग भेटघाट तथा पक्षीकरण, काठमाडौंमा रिले अनसन र काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघको तयारी छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार