- मंगलबार संसद्मा सम्बोधन गर्दै गालिबाफले इरानको अडान पहिले नै स्पष्ट पारिसकेको उल्लेख गर्दै सात सर्त पूरा नहुँदासम्म कुनै कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका हुन्
काठमाण्डौ, ०८ मङ्सिर । इरानको संसद्का सभामुख तथा अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले इरानले अघि सारेका सात सर्त पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने बताएका छन् ।
मंगलबार संसद्मा सम्बोधन गर्दै गालिबाफले इरानको अडान पहिले नै स्पष्ट पारिसकेको उल्लेख गर्दै सात सर्त पूरा नहुँदासम्म कुनै कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका हुन् ।
उनले शत्रुका गतिविधिको जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । शत्रु पक्षबाट कुनै गल्ती भए युद्धको भौगोलिक स्वरूप नै परिवर्तन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
इरानले अमेरिकासमक्ष सात मागसहितको प्रस्ताव पेस गरेको जनाएको छ । इरानका अनुसार ती सर्त पूरा भए तोकिएको अवधिको अन्त्यमा होर्मुज जलमार्ग खोलिनेछ। त्यसपछि अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु हुनेछ ।
इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, लेबनानमाथि इजरायलले गरिरहेका आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग समावेश छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन
-
मेडिकल शिक्षा सुधारका लागि सरोकारवालासँग छलफल
-
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता
-
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
-
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।