स्पेनमा आज आम निर्वाचन, सर्वेक्षण दक्षिणपन्थी गठबन्धन अगाडी
१३ मार्ग, २०८३
- स्पेनमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनपूर्वका सर्वेक्षणले विपक्षी पिपुल्स पार्टी (पीपी) सबैभन्दा अगाडि देखिएको छ । उसले दक्षिणपन्थी दल भोक्ससँग गठबन्धन गरेर सरकार बनाउन सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ : स्पेनमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनपूर्वका सर्वेक्षणले विपक्षी पिपुल्स पार्टी (पीपी) सबैभन्दा अगाडि देखिएको छ । उसले दक्षिणपन्थी दल भोक्ससँग गठबन्धन गरेर सरकार बनाउन सक्ने अनुमान गरिएको छ ।
स्पेनको संसद्को तल्लो सदनमा ३५० सिट छन् । बहुमतका लागि १७६ सिट आवश्यक पर्छ । नोभेम्बर २७ सम्मका सर्वेक्षणअनुसार पीपीले १३१ र भोक्सले ६३ सिट जित्ने अनुमान छ । दुवै दलको सम्भावित सिट जोड्दा १९४ पुग्छ । प्रधानमन्त्री पेड्रो सान्चेजको समाजवादी पार्टीले भने ११९ सिट पाउने अनुमान गरिएको छ ।
यदि दक्षिणपन्थी गठबन्धन सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको शासन अन्त्य भएयता पहिलोपटक सत्तामा आउन सक्ने देखिएको हो । दक्षिणपन्थी गठबन्धनले बहुमत हासिल गरेमा पीपीका नेता अल्बेर्तो नुनेज फेइखू प्रधानमन्त्री बन्न सक्ने सम्भावना छ भने भोक्सका नेता सान्तियागो आबास्कालले महत्त्वपूर्ण भूमिका पाउन सक्ने बताइएको छ ।
निर्वाचनमा घरको मूल्य र भाडा वृद्धि, आवास अभाव, आप्रवासन र अर्थतन्त्र प्रमुख मुद्दा बनेका छन् । प्रधानमन्त्री सान्चेजको सरकारले आगामी वर्षमा एक लाख सस्तो सरकारी आवास निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । पीपीले १० लाख नयाँ घर बनाउने वाचा गरेको छ भने भोक्सले स्पेनी नागरिकलाई आवासमा प्राथमिकता दिने नीति अघि सारेको छ ।
वर्तमान प्रधानमन्त्री सान्चेजलाई भ्रष्टाचारका आरोपले पनि दबाबमा पारेको छ । उनकी पत्नी बेगोना गोमेज र भाइ डेभिड सान्चेजमाथि विभिन्न अनियमितताका आरोप लागेका छन् । विपक्षी दलहरूले यी विषयलाई सरकारविरुद्धको प्रमुख मुद्दा बनाउँदै आएका छन् ।
सन् २०२३ को निर्वाचनपछि स्पष्ट बहुमत नपाएका सान्चेजले कातालोनियाका पृथकतावादी दलसहित साना दलको समर्थनमा सरकार बनाएका थिए । पृथकतावादी नेताहरूलाई आममाफी दिने उनको निर्णयले दक्षिणपन्थी दल र आफ्नै समर्थकको एउटा हिस्सासमेत असन्तुष्ट बनेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरी निरीक्षक भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ
-
स्पेनमा आज आम निर्वाचन, सर्वेक्षण दक्षिणपन्थी गठबन्धन अगाडी
-
सुनचाँदीको मूल्य बढ्यो
-
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।