कोलम्बियाको सुपरमार्केटमा २० जनालाई बन्धक बनाइयो

९ मार्ग, २०८३
सारांश
  • कोलम्बियाको कार्टाजेना सहरमा हतियारधारी समूहले सुपरमार्केटमा प्रवेश गरी २० जनालाई बन्धक बनाएको छ ।

काठमाडौँ : कोलम्बियाको कार्टाजेना सहरमा हतियारधारी समूहले सुपरमार्केटमा प्रवेश गरी २० जनालाई बन्धक बनाएको छ ।

 

मंगलबार बिहान करिब ८ बजे नगद रकम बोकेको सुरक्षा गाडी लुट्ने प्रयास असफल भएपछि उनीहरूले सुपरमार्केटमा पसेर मानिसहरूलाई नियन्त्रणमा लिएका थिए ।

 

सुरक्षा क्यामेरामा निगरानी गरिरहेका कर्मचारीले सङ्केत बटन थिचेर प्रहरीलाई खबर गरेपछि प्रहरी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । उनीहरूलाई देखेपछि आक्रमणकारी सुपरमार्केटभित्र पसेर मानिसहरूलाई बन्धक बनाएका थिए ।

 

समाचारअनुसार उनीहरूले २० लाख अमेरिकी डलर, दुईवटा सुरक्षा गाडी र सुरक्षित बाटो उपलब्ध गराउन माग गरेका थिए । उनीहरू कार्टाजेनाबाट करिब १३० किलोमिटर टाढा रहेको बारान्कियामा जान चाहन्थे ।

 

राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले सुरुमा ३० जना बन्धक बनाइएको बताएका थिए । तीमध्ये पाँच वृद्ध महिलासहित १० जनालाई मुक्त गरिएको छ । बाँकी बन्धकलाई छुटाउन प्रहरी, सेना र विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।

 

घटनापछि प्रहरीले सुपरमार्केट र आसपासको क्षेत्र घेरा हालेको छ । उद्धार अभियानका कारण राफेल नुनेज विमानस्थलमा ४५ मिनेटसम्म विमान अवतरणसमेत रोकिएको थियो । सुपरमार्केट सञ्चालन गर्ने कम्पनीले बन्धकहरूको जीवन र सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार