चीनको ‘शेन्झाउ–२४’ अभियानमार्फत पाकिस्तानका पहिलो अन्तरिक्षयात्री अन्तरिक्ष प्रस्थान

९ मार्ग, २०८३
सारांश
  • पाकिस्तानका पहिलो अन्तरिक्षयात्री मोहम्मद जीशान अली बुधबार चीनको सहयोगमा अन्तरिक्ष प्रस्थान गरेका छन् ।

एजेन्सी, ०९ मङ्सिर । पाकिस्तानका पहिलो अन्तरिक्षयात्री मोहम्मद जीशान अली बुधबार चीनको सहयोगमा अन्तरिक्ष प्रस्थान गरेका छन् । उनी चीनको ‘शेन्झाउ–२४’ अभियानमार्फत अन्तरिक्षमा पुगेका हुन् । उनी चीनको तियानगोंग अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री बनेका छन् ।

 

जीशानसँगै चीनका दुई अन्तरिक्षयात्री ताङ होङ्बो र उ यी पनि अन्तरिक्षमा गएका छन् । अभियानको नेतृत्व ताङले गरेका छन् भने जीशानले पाकिस्तानले छनोट गरेका चार वैज्ञानिक प्रयोग पूरा गर्नेछन् । उनी करिब एक साता अन्तरिक्ष केन्द्रमा रहनेछन् ।

 

चीनले जीशानका लागि हलाल खानाको व्यवस्था पनि गरेको छ । पाकिस्तानले यस अभियानका लागि जीशान र खुर्रम दाउदलाई छनोट गरेको थियो । चीनमा लामो समयसम्म तालिम लिएपछि जीशान अन्तिम छनोटमा परेका थिए भने खुर्रम वैकल्पिक अन्तरिक्षयात्री बनेका थिए ।

 

पाकिस्तानी वायुसेनाका लडाकु विमान चालक जीशानले अन्तरिक्ष यात्राका लागि चिनियाँ भाषा, शून्य गुरुत्वाकर्षणमा काम गर्ने तरिका तथा आपत्कालीन अवस्थासँग जुध्ने तालिम लिएका थिए । पाकिस्तानसँग आफ्नै मानवसहित अन्तरिक्षमा पठाउने रकेट तथा यान नभएकाले उसले चीनको सहयोग लिएको हो ।

 

यसैबीच, पाकिस्तान र चीनले सन् २०२८ तिर चीनको छाङअ–८ अभियानमार्फत पाकिस्तानी रोभर चन्द्रमाको सतहमा पठाउने योजना पनि बनाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार