- नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरणको २० औं संस्करण सुरू भएको छ।
काठमाडौं : नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरणको २० औं संस्करण सुरू भएको छ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि अभ्यास सुरु भएको हो। मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले अभ्यासको शुभारम्भ गरेका हुन्।
अभ्यासमा क्रममा मुख्यतः विपद् व्यवस्थापन,जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकबीच सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ।
उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक,व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ।
यस किसिमको संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको पेसागत ज्ञान,क्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
-
चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
-
निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
-
ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
-
आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।