- नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका छन्।
काठमाडौं : नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्दान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कार्कीले अहिले बजारमा अधिक तरलता भए पनि भविष्यको आवश्यकता र ऐनको व्यवस्था मिलाउन पुँजी वृद्धिको प्रस्ताव गरिएको बताए।
उनले हकप्रद सेयर जारी गरेर लगानीकर्तालाई तुरुन्त पैसा हाल्न लगाउने उद्देश्य नभई संस्थाले कमाएको आधारमा बोनस सेयरमार्फत पुँजी वृद्धि गर्दै लैजाने योजना रहेको स्पष्ट पारे ।
२०७५ सालमा ऐन संशोधन हुँदा ३ अर्ब रहेको व्यवस्थामा हाल करिब ६ अर्ब पुँजी पुगिसकेको तर ऐनमा पुरानै व्यवस्था रहेकाले अधिकृत पुँजीको सीमा १० अर्ब पुर्याउन खोजिएको उनले बताए। उनले कोषले स्पष्ट लगानी नीतिअनुसार लगानीको क्षेत्र,सीमा र प्रक्रिया तय गरिएको तथा जोखिम विश्लेषण गरेर मात्र लगानी गरिने उल्लेख गरे।
कार्यकारी निर्देशक कार्कीले लगानीकर्ताको पैसाको सुरक्षा र प्रतिफल अर्थतन्त्र तथा समयसापेक्ष हुने उल्लेख गर्दै संकलन गरिएको रकमबाट प्राप्त प्रतिफलमा व्यवस्थापन शुल्क कटाएर बाँकी रकम लगानीकर्तालाई नै फिर्ता गरिने जानकारी दिए। कतिपय समयमा निश्चित प्रतिफलका साथै क्षमता अनुकूल अतिरिक्त लाभ समेत दिने गरिएको उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
-
चार महिनामा व्यापार घाटा ६६ खर्ब ८९ अर्ब, आयात-निर्यात दुवै बढ्यो
-
निर्वाचन आयोगले गर्यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
-
ग्यासको आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
-
आमसञ्चार र प्रेस काउन्सिल विधेयकमा कानुनी सुधार हुँदैछ : सञ्चारमन्त्री
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।