- मेडिकल शिक्षा सुधार तथा विगतमा भएका सहमति कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ ।
काठमाण्डौ, ०८ मङ्सिर । मेडिकल शिक्षा सुधार तथा विगतमा भएका सहमति कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको विवाद समाधान र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
बैठकमा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गर्ने विषयसमेत उठेको थियो। नेशनल मेडिकल कलेजको विवाद समाधानका लागि समिति गठन गरी पठाउने विषयमा पनि छलफल भएको छ ।
शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन् । बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र अन्तरनिकाय समन्वयलाई तीव्रता दिने निर्णय गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इरानको अडान, सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन
-
मेडिकल शिक्षा सुधारका लागि सरोकारवालासँग छलफल
-
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता
-
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
-
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।